काठमाडौं । नेपाल धितोपत्र बोर्डमा आइपीओ अनुमति माग गर्दै थप दुई कम्पनीले निवेदन दिएका छन्। धितोपत्र बोर्डमा इलेक्ट्रो पावर कम्पनी र एनसी एग्रो टेक इन्डस्ट्रिजले आइपीओ अनुमति माग गर्दै निवेदन दिएका हुन्।
धितोपत्र बोर्डले अनुमति दिएमा इलेक्ट्रो पावर कम्पनीले ८१ करोड २५ लाख रुपैयाँबराबरको आइपीओ ल्याउनेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ८१ लाख २५ हजार कित्ता साधारण शेयर जारी गर्नेछ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।
यसैगरी एनसी एग्रो टेकले धितोपत्र बोर्डको अनुमतिपछि १८ करोड ७५ लाख रुपैयाँबराबरको आइपीओ जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १८ लाख ७५ हजार कित्ता साधारण शेयर बिक्री खुला गर्नेछ।
एनसी एग्रो टेकको आइपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

















