काठमाडौं । ट्रम्प प्रशासनले १९ देशबाट अमेरिका आएका व्यक्तिका लागि जारी गरिएको ग्रीन कार्डको पुनः जाँच गरिने घोषणा गरेको छ।
अमेरिकी नागरिकता तथा आप्रवासन सेवाका प्रमुख जोसेफ एडलोका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले ती १९ देशका नागरिकको ग्रीन कार्डको पूर्ण र कडाइका साथ पुनः जाँच गर्न निर्देशन दिएका छन्। वासिंगटन डीसीमा बुधबार दुई राष्ट्रिय गार्डमाथि गोली चलाएको आरोप एक अफगानी नागरिकमाथि लागेपछि ट्रम्प प्रशासनको यो घोषणा गवरेको छ। जसमा एक राष्ट्रिय गार्ड मारिएका थिए।
संदिग्ध रहमानुल्लाह लकनवाल अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि अफगानहरुलाई विशेष आप्रवासन सुरक्षा प्रदान गर्ने कार्यक्रमअन्तर्गत २०२१ मा संयुक्त राज्य अमेरिका आएका थिए।
यी देशका नागरिकले पाएका ग्रीन कार्डको पुनः जाँच
- अफगानिस्तान
- क्युबा
- हैटी
- इरान
- सोमालिया
- भेनेजुएला
- बर्मा
- चाड
- कंगो गणराज्य
- इक्वेटोरियल गिनी
- इरिट्रिया
- लिबिया
- सुडान
- यमन
- बुरुन्डी
- लाओस
- सियरा लियोन
- तुर्कमेनिस्तान
- टोगो

















