IME Life New
GBIME

४६ अंकले घटेको बजारमा कारोबार रकम १० अर्ब नाघ्यो

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार भारी अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ४६ दशलमव ३३ अंकले घटेर २,७७२ को विन्दुमा कायम भएको छ । आज २३ कम्पनीको शेयर मूल्य बढेको छ भने २१७ कम्पनीको शेयर मूल्य घटेको हो ।

आज दिनभरिमा ३१५ कम्पनीको २ करोड २७ लाख २६ हजार २८३ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ९ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब १२ करोडको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ५९ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ५५ करोड ९लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै गार्डिन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आइसीएफसी फाइनान्स डिबेञ्चर २०८८ का इकाईधनीले पनि १० प्रतिशतका दरले कमाएका हुन् । भुगोल इनर्जीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS