काठमाडौं । शेयर बजारमा बिहीबार झिनो अंकले घटेको छ। यो दिन नेप्से परिसूचक १.६६ अंकले घटेर २६०७.३७ को विन्दुमा बन्द भएको हो।
आज नेप्से उपसमूहमा रहेका ५ वटा समूह बढेका छन् भने ८ वटा घटेका छन्। यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.९२ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक ०.६५ प्रतिशतले घटेको छ।
बजारमा आज ९८ कम्पनीको शेयरभाउ बढेको छ भने १४९ वटाको घटेको छ। यो दिन ११ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
यो दिन बजारमा करिब साढे ३ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार ङादी ग्रुप पावरको छ।
उच्च कारोबार भएका १० कम्पनी
- ङादी ग्रुप पावरः १८ करोड ९७ लाख रुपैयाँ
- श्रीनगर एग्रीटेकः १२ करोड ३५ लाख रुपैयाँ
- सागर डिस्टिलरीः ९ करोड ६५ लाख रुपैयाँ
- नेपाल लाइफः ८ करोड १६ लाख रुपैयाँ
- शिवम सिमेन्टः ७ करोड ८४ लाख रुपैयाँ
- युनाइटेड मोदी हाइड्रोपावरः ७ करोड ५९ लाख रुपैयाँ
- विकास हाइड्रोपावरः ७ करोड ५ लाख रुपैयाँ
- सीईडीबी होल्डिङ्सः ६ करोड १७ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः ६ करोड ९ लाख रुपैयाँ
- बन्दीपुर केबलकारः ५ करोड ५६ लाख रुपैयाँ

















