काठमाडौं । शेयर बजार बुधबार एकल अंकले घटेको छ। नेप्से परिसूचक ४.८२ अंकले घटेर २५९८.८९ को विन्दुमा ओर्लिएको छ।
बजार घट्दा नेप्से उपसमूहमा रहेका ३ वटा समूह बढेका छन् भने बाँकी १० वटा घटेका छन्। आज व्यापार समूह सर्वाधिक १.१८ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूह सर्वाधिक ०.५४ प्रतिशतले घटेको छ।
यो दिन बजारमा १०९ कम्पनीको शेयरभाउ बढेको छ भने १५७ कम्पनीको घटेको छ। आज १३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ४ अर्ब ७६ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार घलेम्दी हाइड्रोको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी













