काठमाडौं ।आज शेयर बजार नेप्से परिसूचक ३० दशमलव ७६ अंकले बढेर ३००२ को विन्दुमा कायम भएको छ । आज १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर कम्पनी, सान्भी इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।


















