काठमाडौं । आज शेयर बजार ४ दशलमव ०४ अंकले घटेर २,७०१ दशलमव ९९ अंकको विन्दुमा कायम भएको छ । आज ११२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । ग्रिन लाइफका लगानीकर्ताले ९ दशलमव ३८ प्रतिशतका दरले कमाएका छन् ।


















