काठमाडौं ।आज शेयर बजार नेप्से परिसूचक ३५ दशमलव ०९ अंकले घटेर २,७२५ को विन्दुमा कायम भएको छ । आज ५० कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै माइखोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ९० प्रतिशतका दरले कमाएका छन् । केबिएल डिबेञ्चरका इकाईधनीले ५ दशमलव ७७ प्रतिशतका दरले कमाएका छन् । हिमालयन हाइड्रोपावरका लगानकिर्ताले ४ दशमलव ४८ प्रतिशतका दरले कमाएका छन् । जोशी हाइड्रोपावरका लगानीकर्ताले ४ दशमलव ४३ प्रतिशतका दरले कमाएका छन् ।


















