काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १६ दशलमव ६८ अंकले घटेर २,७०६ को विन्दुमा कायम भएको छ । आज ५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १९२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । क्रेष्ट मायक्रो लाइफका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ दशलमव ४९ प्रतिशतका दरले कमाएका छन् ।


















