काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २४ दशलमव ५९ अंकले बढेर २,६२९ को विन्दुमा कायम भएको छ । आज ४७ कम्पनीको शेयर मूल्य बढेको छ भने २०१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै पञ्चकन्यामाई हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका हुन् । मध्यभोटेकोशीका लगानीकर्ताले ५ दशलमव ५५ प्रतिशतका दरले कमाएका छन् । शिभ श्री हाइड्रोका लगानकिर्ताले ४ प्रतिशतका दरले कमाएका छन् । पाँचथर पावरका लगानीकर्ताले ३ दशमलव ५९ प्रतिशतका दरले कमाएका हुन् ।


















