काठमाडौं । आज शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । आज शेयर बजार नेप्से परिसूचक १३ दशलमव २८ अंकले घटेर २,६६४ को विन्दुमा कायम भएको छ । आज ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै बुटवल पावर कम्पनी, पियोर इनर्जी, सीनर्जी पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । रिभर फल्स पावरका लगानीकर्ताले ७ दशलमव ९४ प्रतिशतका दरले कमाएका छन् ।


















