IME Life New

एक वाणिज्य बैंकसहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एक वाणिज्य बैंकसहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज असोज २ गते अन्तिम दिन रहेको छ।

ग्लोबल आइएमई बैंक, आईसीएफसी फाइनान्स र नेपाल ल्युब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। यी तीनवटै संस्थाले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ असोज ५ गते सोमबार बुक क्लोज गर्ने निर्णय गरेका छन्।

Esewa
Crest

ग्लोबल आइएमईले आफ्नो २० औँ वार्षिक साधारणसभा यही असोज १६ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा बिहान ९ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्ष २०८२।८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) छन्।

यसैगरी आईसीएफसी फाइनान्सले आफ्नो २३ औँ वार्षिक साधारणसभा यही असोज १३ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौको बौद्धस्थित बौद्ध हेरिटेजमा बिहान १० बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०८२।८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार ९६० रुपैयाँको १०.५२६३ प्रतिशतबराबरको नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ। जसअनुसार कम्पनीले १२ करोड ४५ लाख ७५ हजार ७०३.६६ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

त्यस्तै नेपाल ल्युब आयलले यही असोज १९ गते आफ्नो ३५ औँ वार्षिक साधारणसभा डाकेको छ। सभा ललितपुरको पुल्चोकस्थित दि प्लाजमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०८२।८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी कुल २१.०५२६४ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा १५ प्रतिशत बोनस शेयर र ६.०५२६४ प्रतिशत नगद लाभांश (करसहित) छन्।

सभाले हाल कायम चुक्तापुँजीको १ः२ अनुपातमा अर्थात २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS