IME Life New

सिटिजन लाइफ इन्स्योरेन्सको २८.४% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आकर्षक लाभांश सुरक्षित गर्ने आज फागुन २७ गते अन्तिम दिन रहेको छ।

कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि फागुन २८ गते एक दिन बुक क्लोज गर्दैछ। यसको अर्थ आज फागुन २७ गतेसम्म कायम शेयरधनीले यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Esewa
Crest

कम्पनीले आफ्नो आठौँ वार्षिक साधारणसभा आउँदो चैत १५ गते डाकेको छ। सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्यांक्वेट बिहान ११ बजेदेखि सुरु हुनेछ।

सभाले गत आर्थिक वर्ष २०८०।८१ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल २८.४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। जसमा २६.९८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश छन्।

सभाले बोनस शेयर जारी गरेपश्चात कम्पनीको चुक्तापुँजी ५ अर्ब रुपैयाँ पुग्ने हुँदा सोहीबमोजिम कम्पनीको प्रबन्धपत्रको दफा ६(ग) मा भएको तत्काल चुक्तापुँजीसम्बन्धी व्यवस्था संशोधन गर्नेसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

सोही सभाले अध्यक्षको मन्तव्यसहित सञ्चालक समितिको आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी स्वीकृत गर्नेछ। सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०८०।८१ को वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण छलफल गरी अनुमोदन गर्नेछ।

कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षण समितिबाट सिफारिस भई आएबमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने (वर्तमान लेखापरीक्षक श्री एसएआर एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्स, पुनः नियुक्तिका लागि योग्य रहने) प्रस्ताव स्वीकृत गर्नेछ।

सभाले कम्पनीबाट गरिएको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरु अनुमोदन गर्ने, संशोधित प्रबन्धपत्र अभिलेख गर्ने निकाय वा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त हुन आएमा सो अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS