काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज भदौ ३ गते अन्तिम दिन रहेको छ।
कम्पनीले असार ३१ गतेदेखि हकप्रद बिक्री खुला गरेको थियो। यो हकप्रदमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।
कम्पनीले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको छ। जसअनुसार कम्पनीले आफ्ना शेयरधनीहरुलाई ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर जारी गरेको छ।
शेयरधनीले हकप्रद शेयर बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका साथै राष्ट्रिय वाणिज्य बैंकका वीरगन्ज, जनकपुर, नारायणगढ, बागलुङ, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौँडा, तुलसीपुर, महेन्द्रनगर, चैनपुर, खाँदबारी र धरान शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीयबाट सी–आस्बा प्रणालीमार्फत र सीडीएससीको ‘मेरो शेयर’बाट आवेदन दिन सकिनेछ।
हकप्रद जारी गर्न कम्पनीले गत जेठ २२ गते बुक क्लोज गरेको थियो। यसको अर्थ जेठ २२ गतेभन्दा अघिसम्म कायम शेयरधनीले यो हकप्रदमा खरिद आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्तापुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ रहेको छ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ।












