IME Life New

विन नेपाल लघुवित्तको एफपीओ भर्ने आज अन्तिम दिन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले गत चैत २१ गतेदेखि जारी गर्ने गरेको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाले ५१ लाख २९ हजार २५० रुपैयाँबराबरको एफपीओ बिक्री गरेको हो । जसअनुसार संस्थाले १०० रुपैयाँ अंकितदरका कुल ५१ हजार २९२।५ कित्ता शेयर बिक्री खुला गरेको छ ।

लगानीकर्ताले यस एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएससीको ‘मेरो शेयर’मार्फत आवेदन दिन सक्नेछन्।

Crest

हाल विन नेपाल लघुवित्तको चुक्तापुँजी ७ करोड ९२ लाख ११ हजार ३०० रुपैयाँ रहेको छ। एफपीओ बिक्रीपछि संस्थाको चुक्तापुँजी ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ पुग्ने भने सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशत कायम हुनेछ।

विन नेपाल लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS