IME Life New

माबिलुङ इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । माबिलुङ इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार २२ गतेबाट आइपीओ जारी गरेको थियो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको हो ।

नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पुँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत अर्थात १८ करोड ९० लाख ५३ हजार रुपैयाँबराबरको जारी गर्ने अनुमति पाएको हो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १८ लाख ९० हजार ५३० कित्ता शेयर बिक्री खुला गरेको हो ।

Crest

कम्पनीले जारी पुँजीको १० प्रतिशत अर्थात ३ करोड ८५ लाख ८२ हजार ४०० रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ८५ हजार ८२४ कित्ता शेयर आयोजना प्रभावित स्थानीय बिक्री खुला गर्नेछ। यो शेयरमा संखुवासभाको मादी नगरपालिकाको वडा नं. ७, ८, ९ र चैनपुर नगरपालिकाको वडा नं. २, ३, ७, ८, ९ का बासिन्दाले खरिद आवेदन दिन सक्नेछन्। स्थानीयले ग्लोबल आइएमई बैंकको चैनपुर शाखा, हिमालयन बैंकको मादी शाखा, लक्ष्मी सनराइज बैंकको खाँदबारी शाखा र मादी–७ स्थित आयोजनाको पावरहाउसबाट आवेदन दिन सक्नेछन्।

यसैगरी सर्वसाधारणका लागि छुट्याइएको कुल शेयरको १० प्रतिशतले हुन आउने १ करोड ५० लाख ४७ हजार १०० रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका १ लाख ५० हजार ४७१ कित्ता शेयरमा वैदेशिक रोजगारमा रहेका नेपालीले आवेदन दिन सक्नेछन्। उनीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र सीडीएससीको मेरो शेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

यो आईपीओमा दुवै समूहका लगानीकर्ताले न्यूनतममा १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।माबिलुङ इनर्जीको आइपीओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS