IME Life New

सांग्रिला डेभलपमेन्ट बैंकमा आबद्धले किड्स क्लिनिकमा छुट पाउने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र काठमाडौँको मध्य वानेश्वरस्थित किड्स क्लिनिकबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जस अनुसार किड्स क्लिनिकका विशेषज्ञ डाक्टरहरूको बहिरङ्ग सेवा (ओपीडी) र प्रयोगशाला (ल्याब)को शुल्क तथा औषधीको मूल्यमा सांग्रिला डेभलपमेन्ट बैंकका शेयरधनी र कर्मचारीले १५ प्रतिशत तथा ग्राहक (डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा लिएका)ले १० प्रतिशत छुट पाउने छन् ।

सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, बालुवाटार शाखाका प्रवन्धक मनोहर महोत्रा र किड्स क्लिनिकका निर्देशक डा.पुष्पराज अवस्थीले हस्ताक्षर गरे ।

Crest

आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।

यस्तै किड्स क्लिनिक वाल स्वास्थ्य सम्बन्धि विधागत विशेषज्ञ डाक्टरहरूले सञ्चालन गरेको क्लिनिक हो ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS