IME Life New

यो साता ‘पर्ख र हेर’को रणनीतिमा सेबोनका कार्मचारी, माग पूरा नभए फेरि आन्दोलन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीहरुले यो साताभित्र पनि अर्थ मन्त्रालयले आफ्ना माग पूरा नगरे फेरि आन्दोलनमा उत्रिने योजना बनाइरहेका छन्।

अर्थ मन्त्रालयले माग पूरा गर्ने आश्वासन दिएपछि सेबोनका कर्मचारीले गत कात्तिक २४ गतेबाट आन्दोलन स्थगित गरेका थिए। सेबोन सञ्चालक समितिले कर्मचारीको माग सम्बोधन गरिदिन अर्थ मन्त्रालयलाई पत्र लेख्ने सहमति भएको थियो।

Esewa
Crest

सेबोनका कर्मचारीहरुले कात्तिक मसान्तसम्म आफ्ना माग पूरा हुनुपर्ने समयसीमा दिएका थिए। कात्तिक मसान्तभित्र माग पूरा नभए फेरि काम ठप्प पारेर आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए।

यद्यपि, सेबोन सञ्चालक समितिले ढिला गरी अर्थ मन्त्रालयलाई पत्र पठाएको र मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्था तथा संस्थान समन्वय महाशाखाका प्रमुख सहसचिव महेश आचार्य एक साता देशबाहिर रहेका कारण सेबोनका कर्मचारीहरुको मागका सम्बन्धमा कुनै पनि कुरा अगाडि बढ्न सकेन। ‘उहाँ हिजो मन्त्रालय फर्किनुभएको छ, हामीले गएर उहाँसँग छलफल पनि गर्यौँ’, सेबोन कर्मचारी युनियनका अध्यक्ष अजय ढुंगानाले भने, ‘उहाँले अब प्रक्रिया अगाडि बढाउने भन्नुभएको छ।’

अब एक साता पर्खिने पनि अध्यक्ष ढुंगानाले बताए। ‘यो साताभित्र पनि हाम्रा मागका विषयमा कुनै सम्बोधन नभएमा फेरि आन्दोलनमा उत्रिन बाध्य हुनेछौँ’, उनले भने।

सेबोनमा क्रियाशील कर्मचारी युनियन र स्वतन्त्र कर्मचारी संगठनले पेनडाउनको कार्यक्रम स्थगित गरेर हाल दैनिक १ घन्टाको धर्नालाई निरन्तरता भने दिइरहेका छन्।

सेबोनका कर्मचारीको सेवासुविधासम्बन्धी कार्यविधि खारेज गर्ने, विगतमा कर्मचारीका रुपमा प्राप्त गरेका सेवासुविधा फिर्ता गर्नुपर्ने र सेबोनले आर्थिक दायित्व सिर्जना हुने विषयमा अर्थ मन्त्रालयको सहमति अनिवार्य रुपमा लिनुपर्ने अर्थ मन्त्रालयको (राजस्व सचिव) स्तरीय भदौ ३१ को निर्णय र असोज २ गतेको पत्रको विषयसँग असहमत हुँदै कर्मचारीहरुले असोज ७ गतेबाट पेन डाउन गर्दै आन्दोलन सुरु गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS