काठमाडौं । शेयर बजारमा सामान्य सुधार आएको छ। नेप्से परिसूचक ०.८५ अंकले बढेर २६७५.६२ को विन्दुमा बन्द भएको छ।
सामान्य बढेको बजारमा ६ वटा समूह बढेका छन् भने ७ वटा समूह घटेको छ। आज विकास बैंक समूह सर्वाधिक १.६६ प्रतिशतले बढ्दा लघुवित्त समूह सर्वाधिक १.१३ प्रतिशतले घटेको छ।
बजारमा आज ८५ कम्पनीको शेयर भाउ बढेको छ भने १६१ वटाको घटेको छ।
यो दिन बजारमा साढे ६ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार कर्पोरेट डेभलपमेन्ट बैंकको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- युनिभर्सल पावरः ६३ करोड ५८ लाख रुपैयाँ
- राधी विद्युतः ४७ करोड ३६ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः ४२ करोड १९ लाख रुपैयाँ
- सानिमा माई हाइड्रोपावरः २६ करोड ४३ लाख रुपैयाँ
- बुटवल पावरः २५ करोड ८७ लाख रुपैयाँ
- सीईडीबी होल्डिङ्सः १४ करोड ५७ लाख रुपैयाँ
- ग्लोबल आइएमई बैंकः १४ करोड ४७ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः १४ करोड २० लाख रुपैयाँ
- नारायणी डेभलपमेन्ट बैंकः १३ करोड ९२ लाख रुपैयाँ
- सोल्टी होटलः १२ करोड ६३ लाख रुपैयाँ

















