काठमाडौं । आज नेप्से परिसूचक ४ दशमलव ६४ अंकले घटेर २,६९६ को विन्दुमा कायम भएको छ । आज ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । लक्ष्मी उन्नती कोषका इकाईधनीले ९ दशमलव १० प्रतिशतका दरले कमाएका छन् । गरिमा समृद्धि योजनाका इकाईधनीले ५ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । याम्बालिङ हाइड्रोका लगानीकर्ताले ४ दशमलव ३९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कुथेली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ प्रतितका दरले गुमाएका हुन् ।













