काठमाडौं । शेयर बजार बुधबार सामान्य अंकले घटेको छ। यो दिन नेप्से परिसूचक ९.७० अंकले घटेर २७६७.२० को विन्दुमा झरेको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका २ वटा समूह बढेका छन् भने ११ वटा घटेका छन्। यो दिन होटल तथा पर्यटन समूह सर्वाधिक २.०३ प्रतिशतले बढ्दा व्यापार समूह सर्वाधिक १.०६ प्रतिशतले घटेको छ।
यो दिन बजारमा ५९ कम्पनीको शेयरभाउ बढेको छ भने १८८ कम्पनीको घटेको छ। आज २ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज करिब सवा ५ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- नेपाल पुनर्बीमा कम्पनीः २५ करोड ९ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः २१ करोड ७६ लाख रुपैयाँ
- चन्द्रागिरी हिल्सः १९ करोड ४० लाख रुपैयाँ
- युनाइटेड मोदी हाइड्रोपावरः १२ करोड ५५ लाख रुपैयाँ
- राधी विद्युतः १२ करोड २१ लाख रुपैयाँ
- पञ्चकन्या माई हाइड्रोपावरः १० करोड ७८ लाख रुपैयाँ
- बुटवल पावरः १० करोड ७६ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः १० करोड ७६ लाख रुपैयाँ
- हिमालयन डिस्टिलरीः १० करोड ५७ लाख रुपैयाँ
- एभरेष्ट बैंकः ९ करोड ६४ लाख रुपैयाँ

















