काठमाडौं । शेयर बजार लगातार चौथो दिन बुधबार पनि बढेको छ। नेप्से परिसूचक ३४.४२ अंकले बढेर २६९४.८२ को विन्दुमा बन्द भएको हो।
नेप्सेमा रहेका सबै १३ समूह हरियाली छाएको छ। सर्वाधिक बढोत्तरी जीवन बीमा समूहमा २.८३ प्रतिशतको देखिएको छ।
यो दिन बजारमा १८२ कम्पनीको शेयरभाउ बढेको छ भने ६५ वटाको घटेको छ। आज एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज करिब पौने १० अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- एनआरएन इन्फ्रास्ट्रक्चरः ५५ करोड ५३ लाख रुपैयाँ
- साहास ऊर्जाः ४९ करोड ४१ लाख रुपैयाँ
- सप्तकोशी डेभलपमेन्ट बैंकः ३५ करोड रुपैयाँ
- लक्ष्मी सनराइज बैंकको संस्थापक शेयरः २९ करोड ६७ लाख रुपैयाँ
- बुटवल पावरः २८ करोड ७५ लाख रुपैयाँ
- राधी विद्युतः २७ करोड ५ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः २५ करोड २२ लाख रुपैयाँ
- सानिमा माई हाइड्रोपावरः २३ करोड ७१ लाख रुपैयाँ
- युनियन हाइड्रोपावरः २० करोड ५१ लाख रुपैयाँ
- सीईडीबी होल्डिङ्सः १९ करोड ६२ लाख रुपैयाँ

















