काठमाडौं । शेयर बजार सोमबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १६.४७ अंकले घटेर २६१३.३३ को विन्दुमा बन्द भएको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका १२ वटा समूह घटेका छन् भने एउटा समूह बढेको छ। आज व्यापार समूह ०.२३ प्रतिशतले बढ्दा निर्जीवन बीमा समूहमा सर्वाधिक १.२० प्रतिशतको गिरावट देखिएको छ।
आज बजारमा ५० कम्पनीको शेयरभाउ बढेको छ भने २२३ कम्पनीको घटेको छ। यो दिन ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ५ अर्ब ३८ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन डिस्टिलरीको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी













