काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार उच्च अंकले घटेको छ।
नेप्से परिसूचक आज ६३.७३ अंकले घटेको हो। योसँगै नेप्से २८५८.९० को विन्दुमा झरेको छ।
आज बजार उच्च अंकले घट्दा १६ कम्पनीको शेयरभाउमात्रै बढेको छ भने २३३ कम्पनीको घटेको छ। यो दिन सबै उपसमूह राताम्मे भएका छन्। सर्वाधिक गिरावट अन्य समूहमा ३.४८ प्रतिशतको देखिएको छ।
बजारमा आज १३ अर्ब ७ करोड ५० लाख रुपैयाँबराबरको कारोबार भएको छ। यो कारोबार गत बिहीबारको तुलनामा कम हो।
उच्च कारोबार भएका १० कम्पनी

यो दिन बजारमा दुई पुनर्बीमा कम्पनीको उच्च कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमाको ७५ करोड ३९ लाख रुपैयाँको हुँदा दोस्रो धेरै हिमालयन रिइन्स्योरेन्सको ७१ करोड ५५ लाख रुपैयाँको भएको छ।
धेरै भाउ बढ्ने १० स्टक

घटेको बजारमा आज दुई कम्पनीको शेयरभाउमा सकारात्मक सर्किट लागेको छ। यो दिन ट्रेड टावर र शिवश्री हाइड्रोपावरको शेयरभाउमा करिब १० प्रतिशतको बढोत्तरीका साथै सकारात्मक सर्किट लागेको हो।
सर्वाधिक घटेका १० स्टक

आज सान्भी इनर्जी र समता घरेलु लघुवित्तको शेयरभाउमा नकारात्मक सर्किट लागेको छ। यी दुवै कम्पनीको शेयरभाउ करिब १० प्रतिशतले घटेको छ।

















