IME Life New

बीमामा समस्या दाबीका बेलामात्र नभएर बीमा वार्तालापकै क्रममा सुरु भइसकेको हुन्छ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा बीमा दाबीसम्बन्धी विवादमा विशेषगरी उपभोक्ता अर्थात् बीमित पक्षबाट उजुरी दर्ता गर्ने क्रम बढ्दै गएको छ। उपभोक्तामा आएको सचेतनाले मात्र नभएर बीमकका तर्फबाट बीमितलाई जसरी पनि बीमा बेचिदिने प्रवृत्तिले पनि दाबीका बेला हुने विवाद निम्त्याएको पाइन्छ।

प्राधिकरणमा बीमकविरुद्ध दायर भएका अधिकांश मुद्दामा बीमितको पक्षमै प्राधिकरणको अर्धन्यायिक इजलाशले सुनाएको फैसलाले पनि दोष बीमितभन्दा पनि बीमक पक्षमा बढी छ भन्ने प्रस्ट हुन्छ।

Esewa
Crest

बीमा एउटा जटिल र प्राविधिक विषय पनि हो। यसमा थुप्रै सर्त निहीत हुन्छन्। थुप्रै अवस्था हुन्छ। केही सर्वमान्य सिद्धान्त पनि हुन्छन्। जोखिम बहन नहुने अवस्थाहरु पनि बीमालेखमा सर्तमा समावेश गरिएका हुन्छन्।

निर्जीवन बीमामा क्षतिको निश्चित रकमसम्म बीमित स्वयंले नै व्यहोर्नुपर्ने सर्त पनि समावेश गरिएको हुन्छ। जीवन बीमामा प्रतीक्षा अवधिसम्बन्धी सर्त हुन्छ। यसअन्तर्गत बालबालिकाको हकमा ६ वर्षको उमेर पूरा नहुँदासम्म घातक रोगको हकमा ३० दिन देखि ३ महिनासम्मको प्रतीक्षा अवधि तोकिएको हुन्छ।

बीमामा निहीत यस्ता पक्षबारेमा बीमितले राम्ररी बुझेको छैन वा बीमकका तर्फबाट बुझाउने प्रयास गरिएको छैन भने विवादको जरो यहीबाट सुरु हुन्छ। र, अन्ततः दाबी पर्ने अवस्थामा बीमक र बीमित पक्ष विपक्षमा परिणत भइदिन्छन् र मुद्दा–मामिला न्यायिक निकायसम्म पुग्छ।

धेरै निर्मातालाई बीमालेख बेचिन्छन्। जसको सर्त उनीहरुले पूर्ण रुपमा बुझ्दैनन्। उल्लेखित छनौटहरु, प्रारम्भिक क्षतिपूर्तिको सीमा, जोखिम बहनमा समावेश नहुने संरचनाहरुजस्ता महत्वपूर्ण विवरण प्रारम्भमै बेवास्ता गरिन्छ। बीमितले सकेसम्म सस्तो बीमाशुल्कमा बीमा गराउन खोज्छ। प्रतिस्पर्धात्मक बजारमा ग्राहक गुम्न नदिन बीमकले पनि महत्वपूर्ण जोखिम समावेश नभएको बीमालेख बिक्री गरिदिन्छ।

बीमकको पक्षबाट व्यावसायिक इमानदारिता भनेको के हो भने बीमालेखअन्तर्गत कुन–कुन जोखिम बहन गरिएको छैन ?, कुन–कुन अवस्थामा दाबी भुक्तानी पाइँदैन र कुनै विशेष सर्त वा सुविधाहरु व्यक्तिविशेष वा परियोजनाविशेषका लागि किन महत्वपूर्ण छ भनेर व्याख्या गरिदिनुपर्छ।

हालैको उदाहरण हेर्ने हो भने नक्सालस्थित पाँचतारे होटल हिल्टनका लगानीकर्ताले हुलदंगा बीमालाई हल्का ढंगबाट लिँदा ठूलो क्षति हुन पुग्यो। यसको लगानीकर्तालाई हुलदंगा बीमा किन आवश्यक छ भन्ने पूर्ण चेतना थियो। किनकि उनीहरु स्वयं पनि पुनर्बीमा कम्पनीका मुख्य लगानीकर्तासमेत हुन्। बीमाशुल्कबापतको खर्च जोगाउने प्रवृत्तिका कारण अहिले ८ अर्ब रुपैयाँ लगानीको यो होटलको भविष्य नै अन्यौलमा परेको छ र पुनर्निर्माणमा सन्देह पैदा भएको छ।

बीमितले जिज्ञासा राखे पनि नराखे पनि बीमकले वा निजको प्रतिनिधिले सामान्य आश्वासन होइन, हतारमा जबाफ होइन र निश्चित रुपमा ‘यो ठीक हुनेछ’ भनेर होइन। स्पष्ट र सटीक मार्गदर्शन दिनुपर्छ।

हाम्रो बीमा बजारमा संसारमा सबै कुरामा हो भन्दैमा बीमित र बीमकबीच विश्वास सिर्जना हुँदैन। बीमाका जटिल सर्तहरुको र बीमितका जिज्ञासाहरुको सरल व्याख्याले मात्र विश्वासको जग निर्माण गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS