काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले एक सूचना जारी गर्दै पेट्रोल प्रतिलिटर ५ रुपैयाँ र डिजेल मट्टितेलमा १ रुपैयाँका दरले मूल्य घटाएको बताइएको हो ।
इन्डियन आयल कर्पोरेशनबाट आज असार ३१ गते प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार मूल्य घटाइएको निगमले बताएको छ ।
अब पहिलो वर्गमा १५७.५०, दोस्रो वर्गमा १५९ र तेस्रो वर्गमा १६० रुपैयाँ कायम भएको छ । त्यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गमा १४५.५०, दोस्रो वर्गमा १४७ र तेस्रो वर्गमा प्रतिलिटर १४८ रुपैयाँ कायम भएको छ । यो नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ ।


















