काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ।
नेपाल सुनचाँदी व्यवसायीय महासंघका अनुसार दसैँ बिदापछि खुलेको बजारमा सुनको भाउ एकैदिन ७ हजार ४०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन २ लाख ३० हजार ६०० रुपैयाँ पुगेको छ।
गत असोज १२ गते सुन प्रतितोला २ लाख २३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यो दिन सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको थियो।
आज चाँदीको भाउ तोलामा १२० रुपैयाँले बढेर २ हजार ९३० रुपैयाँ कायम भएको छ। चाँदीको भाउ पनि हालसम्मकै उच्च हो।
गत असोज १२ गते तोलामा ७० रुपैयाँले २ हजार ८१० रुपैयाँमा किनबेच भएको थियो।

















