काठमाडौं । काठमाडौं उपत्यका र उपत्यकाबाहिरका लागि बोतल र जारको पानीको मूल्य निर्धारण गरिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १ लिटर बोतलको पानी र २० लिटर जारकोको पानीको अधिकतम खुद्रा मूल्य निर्धारण गरेको हो। जसअनुसार काठमाडौं उपत्यकाभित्र १ लिटर बोपतको अधिकतम खुद्रा मूल्य १६ रुपैयाँ र जारको पानीको ४७ रुपैयाँ तय गरिएको छ।
यसैगरी उपत्यकाबाहिर १ लिटर बोतलको पानीको अधिकतम खुद्रा मूल्य २० रुपैयाँ र जारको पानीको ६० रुपैयाँ निर्धारण गरिएको छ।
उल्लेखित मूल्यभन्दा बढी रकम लिएको खण्डमा उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही हुने विभागले चेतावनी दिएको छ।

















