काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा बढाएको छ।
गभर्नर महाप्रसाद अधिकारीले आज आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै शेयर धितो कर्जाको सीमा बढाइएको जानकारी दिएका हुन्। अधिकारीका अनुसार शेयर धितोमा एकल ग्राहक कर्जाको सीमा बढाएर २५ करोड रुपैयाँ पुर्याइएको छ।
यसअघि शेयर धितोमा एक ग्राहक कर्जाको सीमा १५ करोड रुपैयाँ रहेको छ।
शेयर लगानीकर्ताले शेयर धितो कर्जाको सीमा हटाउनुपर्ने माग गर्दै राष्ट्र बैंकलाई मौद्रिक नीतिमा सुझाव दिएका थिए। तर, राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा नहटाई सीमा बढाएको छ।

















