IME Life New

बहुमूल्य धातु वा वस्तु व्यवसायीलाई कस्दै सरकार, नियम मिचे रु. १ करोडसम्म जरिवाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले बहुमूल्य धातु वा वस्तु व्यवसायीका लागि कडा नियम ल्याएको छ।

अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व विभागले बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायीलाई जारी गरेको निर्देशन, २०८२ कडा नियम ल्याइएको हो। सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणका लागि विभागले यो निर्देशन ल्याएको हो।

Esewa
Crest

बहुमूल्य धातु वा वस्तुको कारोबारमा स्वच्छता एवं पारदर्शीता कायम व्यवसायीको कामकारबाहीलाई नियमन गरी थप व्यवस्थित बनाउन यो निर्देशन जारी गरिएको विभागले जनाएको छ। निर्देशनमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०८१ र यस निर्देशनका व्यवस्थाहरु प्रभावकारी कार्यान्वयन नगर्ने बहुमूल्य धातु तथा वस्तु व्यवसायीलाई १ करोड रुपैयाँसम्मको जरिवाना गरिने व्यवस्था गरिएको छ। यस्तो जरिवानासहित संस्था दर्ता खारेजीसम्मको कारबाही गर्ने व्यवस्था विभागले गरेको छ।

विभागका अनुसार ऐन, नियमावली र निर्देशिकामा भएका व्यवस्था कार्यान्वयन नगर्ने व्यवसायीलाई पहिलोपटक लिखित रुपमा सचेत गराइनेछ। त्यसपछि पनि नियम पालना नगरेमा दोस्रोपटक १ लाख रुपैयाँ, तेस्रोपटक १० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्म र चौथोपटक १० लाख रुपैयाँदेखि १ करोडसम्मको जरिवानासहित संस्थाको दर्ता खारेजी गरिनेछ।
कारबाही तथा सजाय गर्दा सफाइ पेस गर्ने मौका भने दिइने विभागले जनाएको छ।

यस्ता छन् कारबाही र सजाय

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS