काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ५३ हजार कित्ता संस्थापक शेयर लिलाम प्रक्रियाद्वारा बिक्रीमा ल्याएको छ । कम्पनीले उक्त शेयर विद्यमान संस्थापक शेयरधनी लगायत सर्वसाधारण समेत सबैले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।
कम्पनीले संस्थापक शेयरको मूल्य प्रतिकित्ता न्यूनतम ४३५ रुपैयाँ कायम गरेको छ । शेयरमा आवेदन दिँदा कम्तीमा १ हजार कित्ताका लागि र बढीमा १० ले निःशेष भाग जाने गरी वा सम्पूर्ण कित्ता खरिद आवेदन दिन सकिनेछ ।
सो शेयरमा शिलबन्दी बोलपत्र आज असार २४ गतेदेखि असार ३० गतेसम्म पेश गर्न सकिनेछ। काठमाडौंको लाजिम्पाटस्थित एनआइएमबि एस क्यापिटल लिमिटेडको कार्यालयमा पोलपत्र पेश गर्न सकिने जनाएको छ ।

















