IME Life New

असार २७ गतेबाट आइपीओ ल्याउँदै स्वस्तिक लघुवित्त

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले यही असार २७ गतेदेखि पहिलो चरणको आइपीओ जारी गर्ने भएको छ।

नेपाल धितोपत्र बोर्डले स्वस्तिक लघुवित्तलाई २ करोड ३१ लाख रुपैयाँबराबरको आइपीओ निष्कासको अनुमति दिएको छ। जसअनुसार संस्थाले १०० रुपैयाँ अंकित दरका कुल २ लाख ३१ हजार कित्ता शेयर जारी गर्नेछ।

Crest

संस्थाले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कुल २३ हजार १०० कित्ता आइपीओ जारी गर्न लागेको हो। यो आइपीओमा उनीहरुले न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनले तोकिएका शाखा तथा सीडीएससीको मेरो शेयरबाट समेत आवेदन दिन सक्नेछन्। यो आइपीओमा आउँदो साउन ९ गतेसम्म आवेदन दिन सकिनेछ।

संस्थाले दोस्रो चरणमा कुल कित्तामध्ये ०.५ प्रतिशतले हुन आउने १ हजार १५५ कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने ११ हजार ५५० कित्ता शेयर सुरक्षित गरी बाँकी सर्वसाधारणका लागि जारी गर्नेछ। संस्थाको आइपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS