IME Life New

बैंकमा मात्र होइन अचेल बीमा कम्पनीमा पनि ‘इन्टर्नसिप’ को अवसर खोज्दै विद्यार्थी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पेसागत अभ्यास अनिवार्य गरिएपछि स्नातक तहमा अध्ययनरत विद्यार्थी बैंकिङ संस्थामा मात्र नभएर बीमा कम्पनीमा पनि इन्टर्नसिप (अभ्यासवृत्ति) का लागि आकर्षित हुन थालेका छन्।

पछिल्लो समयमा बीमा कम्पनीहरुको बढ्दो बीमा कोषको आकारसँगै विभिन्न क्षेत्रमा बढ्दो लगानी, आईपीओ निष्कासन र रोजगारीको अवसरका कारण बीमा कम्पनीमा पनि विद्यार्थीको अभ्यासवृत्तिका लागि आकर्षण बढेको हो। बैंकिङ क्षेत्रमा बढ्दो वित्तीय अपराध, कर्जा लगानीको निर्णयमा संलग्न हुँदा अनाहकमा कानुनी झमेला व्यहोर्नुपर्ने, व्यावसायिक लक्ष्य पूरा गर्नका लागि सधैँ तनाव बोक्नुपर्ने र काम गर्ने समय निश्चित नहुने भएकाले पछिल्लो समयमा विद्यार्थीले अन्य क्षेत्रको खोजी गर्न थालेका हुन्।

Esewa
Crest

बीमा कम्पनीमा लेखापालन, सूचना प्रविधि, बीमांकी मूल्यांकन, लगानी, जोखिमांकन, दाबी प्रशोधन, अभिकर्ता तालिम, लघु बीमा, बीमित सेवा, मानव संसाधन व्यवस्थापन, ग्राहक सेवा केन्द्रलगायतका विविध विशिष्टीकृत क्षेत्रमा विद्यार्थीले काम सिक्ने अवसर प्राप्त गरिरहेका छन्।

बीमा कम्पनीले प्रदान गर्ने अभ्यासवृत्तिका क्रममा विद्यार्थीलाई श्रम ऐनले तोकेअनुसारको खाजा खर्च उपलब्ध गराउने वातावरण बीमक र शिक्षण संस्था दुवैले सुनिश्चित गर्नुपर्छ। यसो हुन सकेमात्र विद्यार्थीले काम सिक्न सहज महसुस गर्नेछन् र आफ्नो जीवनको पहिलो इन्टर्न गर्ने क्रममा आफू पूर्ण रुपमा श्रम शोषणको सिकार हुनुपरेको तीतो अनुभव जीवनभर सँगाल्नुपर्ने अवस्थाको अन्त्य सम्भव हुनेछ।

बीमा क्षेत्रमा सुरुआतदेखि नै नेपालमा प्रयोग हुँदै आएको तर स्थानीयस्तरमा अध्ययन अध्यापन नहुँदा बीमांकीसम्बन्धी कामको अवसर विदेशी(विशेषगरी भारतीय) लाई मात्र प्राप्त हुँदै आएको थियो। त्रिभूवन विश्वविद्यालयको गणित विज्ञान विद्यालयले बीमांकीको अध्यापन सुरु गरेपछि अहिले यो पेसामा वृत्ति विकास गर्ने चाहना राखेका विद्यार्थी पनि बीमा कम्पनीप्रति आकर्षित हुन थालेका छन्।नेपाल बीमा प्राधिकरणले बीमांकी नियुक्तिसम्बन्धी विशेष निर्देशिका नै जारी गरेर प्रत्येक बीमा कम्पनीमा बीमांकीबाहेक पूर्णकालीन बीमांकी विश्लेषकको नियुक्ति अनिवार्य गरिदिएपछि जागिरको दायरा विस्तार भएको छ।

बीमा कम्पनीको मुख्य काम जोखिम व्यवस्थापन हो । यसै विषयमा दक्षता हासिल गर्नका लागि पनि कलेजका विद्यार्थीले व्यावहारिक उद्योग अनुभव र परामर्श प्रदान गर्ने इन्टर्नसिपहरु खोजिरहेका छन्।

बीमा उद्योगमा प्रतिभा आकर्षित गर्न र कायम राख्न इन्टर्नसिप र परामर्श कार्यक्रम आवश्यक छ।

बीमा क्षेत्र प्रतिभा चुनौतीहरुसँग जुधिरहेको बेला इन्टर्नशिप र मेन्टरसिप कार्यक्रम विद्यार्थीलाई बीमा, जोखिम व्यवस्थापन र बीमा विज्ञानभित्रका विविध अवसरबारे जानकारी गराउनु महत्त्वपूर्ण हुन्छ। यसले बीमा क्षेत्रका लागि भविष्यमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनको शृंखला तयार पार्न मद्दत गर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

17%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS