IME Life New

शेयर बजारमा ५ अंकको वृद्धि, कारोबार रकम साढे २ अर्ब माथि

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ५ दशमलव १९ अंकले बढेर २,५०९ को विन्दुमा कायम भएको छ । आज ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४६ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१३ कम्पनीको ५५ लाख ९६ हजार ७७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६६ करोड को शेयर किनबेच भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एसबिएल डिबेञ्चर २०८९ को २३ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनियन हाइड्रोपावरको १८ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै एसबिएल डिबेञ्चर २०८९ का इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले १० प्रतिशतका दरले कमाएका हुन् । समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ दशमलव ८९ प्रतिशतका दरले कमाएका छन् । हिमालयन पावर पाटर्नरका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै तारागाउँ रेजेन्सीका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ७ दशमलव १६ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS