IME Life New

शेयर बजारमा सामान्य बृद्धि, कारोबार रकम १० अर्ब ८७ करोड

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३ दशलमव ५८ अंकले बढेर २,६६१ को विन्दुमा कायम भएको छ । आज १०४ कम्पनीको शेयर मूल्य बढेको छ भने १४१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१४ कम्पनीको २ करोड ८४ लाख ३८ हजार कित्ता शेयर किनबेच हुँदा १० अर्ब ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ८६ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ५६ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युतको ५६ करोड माथिको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । ङादी ग्रुप पावरका लगानीकर्ताले ७ दशलमव ६५ प्रतिशतका दरले कमाएका छन् । सािनिमा माई हाइड्रोका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS