IME Life New

शेयर बजारमा दोहोरो अंकको बृद्धि, कारोबार रकम ११ अर्ब ४१ करोड नाघ्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । गत शुक्राबार आएको मौद्रिक नीति लगानीकर्ताका लागि सकारात्मक भएसँगै बजार बढेको हो । आज शेयर बजार नेप्से परिसूचक २९ अंकले बढेर २,७६० को विन्दुमा कायम भएको छ । आज १५८ कम्पनीको शेयर मूल्य बढेको छ भने ९० कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ३११ कम्पनीको ३ करोड २५ लाख ९२ हजार कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ४१ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ३२ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २८ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । खानीखोला हाइड्रोपावरका लगानीकर्ताले पनि ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । जीवन विकास लघुवित्तका लगानीकर्ताले ९ दशमलव ६१ प्रतिशतका दरले कमाएका छन् । नेष्डो समृद्ध लघुवित्तका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै हिमालयन हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS