IME Life New

शेयर बजारमा गिरावट, कारोबार रकम ६ अर्ब माथि

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ८ दशमलव २४ अंकले घटेर २,६२२ को विन्दुमा कायम भएको छ । आज ७२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७२ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३३३ कम्पनीको १ करोड २१ लाख ८५ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ३३ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको २४ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । नेपाल एसबिआई ऋणपत्र २०८९ का इकाईधनीले ७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै र्स्टन हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS