IME Life New

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम ५ अर्ब २३ करोड

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३५ दशमलव ९९ अंकले घटेर २,६७२ को विन्दुमा कायम भएको छ । आज २२ कम्पनीको शेयर मूल्य बढेको छ भने २२९ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२० कम्पनीको १ करोड १७ लाख १४ हजार ५४३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २३ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनकिो ३० करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनियन हाइड्रोपावरको २४ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनिभर्सल पावरको २३ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै हिम स्टार ऊर्जा कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । एनसीसी डिबेञ्चर २०८६ का इकाईधनीले ४ दशमलव ३५ प्रतिशतका दरले कमाएका छन् । यूनियन हाइड्रोपावरका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै बराही हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव २८ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS