IME Life New

शेयर बजारमा ४५ अंकको गिरावट, कारोबार रकम ५ अर्ब ७६ करोड माथि

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । हिजो असोज २१ गते भारी अंकले घटेको बजार आज पनि रात्ताम्मे भएर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ४५ दशमलव ३६ अंकले घटेर २,५५९ को विन्दुमा कायम भएको छ । आज १८ वटा कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २३२ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३३५ कम्पनीको १ करोड ३७ लाख ४९ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७६ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनियन हाइड्रोपावरको २४ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिनर्जी पावर डेभलपमेन्टको २२ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७ का इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले ७ प्रतिशतका दरले कमाएका छन् । एनआइएमबि डिबेञ्चर २०९० का इकाईधनीले ६ दशमलव ४८ प्रतिशतका दरले कमाएका छन् । आत्मानिर्भर लघ’वित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । थ्रि स्टारका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै प्रभु इन्स्योरेन्सका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS