काठमाडौं । आज साताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ३३ दशमलव २८ अंकले घटेर २,७०१ को विन्दुमा कायम भएको छ ।
आज दिनभरिमा ३६० कम्पनीको १ करोड ३९ लाख २५ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ८ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३३ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको २८ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको २२ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । गरिमा समृद्धि योजनाका इकाईधनीले ४ दशमलव ७८ प्रतिशतका दरले कमाएका छन् । सानिमा बैंक डिबेञ्चरका इकाईधनीले ४ दशमलव ५५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १३ दशमलव ३८ प्रतिशतका दरले गुमाएका छन् ।












