IME Life New

शेयर बजारमा गिरावट कायमै, कारोबार रकम ७ अर्ब ७८ करोड

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ४ दशमलव ४५ अंकले घटेर २,५९५ को विन्दुमा कायम भएको छ । आज ९३ कम्पनीको शेयर मूल्य बढेको छ भने १५५ कम्पनीको घटेको छ ।

आज दिनभरिमा ३०६ कम्पनीको १ करोड ९६ लाख ५० हजार २१० कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ७८ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरैबुटवल पावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६२ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ३९ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ३२ क।ोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव १८ प्रतिशतका दरले कमाएका छन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९प्रतिशतका दरले कमाएका छन् । बरुण हाइड्रोपावरका लगानीकर्ताले ८ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् । पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै रिलायबल समृद्धि योजनाका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ९ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS