IME Life New

शेयर बजारः जोखिम र अवसरको संगम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

  • प्रेम वली

शेयर बजार। विशेषगरी दोस्रो बजार। वास्तविक अर्थमा रिस्कको बजार मानिन्छ। यसमा शेयरको मूल्य दिनप्रतिदिन माग र आपूर्ति, लगानीकर्ताको मनोविज्ञान, कम्पनीको प्रदर्शन, राष्ट्रको आर्थिक अवस्था, नीतिगत निर्णय र विश्व बजारका घट्नाक्रमसम्मले प्रभाव पार्छन्। त्यसैले यस बजारमा कहिलेकाहीँ शेयरको मूल्य अत्यन्तै बढ्छ भने कहिलेकाहीँ अप्रत्याशित रूपमा तल पनि झर्छ।

यसै बजारलाई संसारका धेरै धनीव्यक्ति र सफल लगानीकर्ताले आफ्नो समृद्धिको आधार बनाएका छन्। उदाहरणका लागि वारेन बफेट, पिटर लिंच, भारतका राकेश झुनझुनवालाजस्ता व्यक्तिले यही दोस्रो बजारमार्फत दीर्घकालीन लगानी गरेर अर्बौं सम्पत्ति आर्जन गरेका हुन्।
यही कारणले शेयर बजारलाई प्रायः ‘रिस्क र रिवार्डको बजार’ पनि भनिन्छ। जोखिम लिन तयार हुने र सही ज्ञान, विश्लेषण र दीर्घकालीन दृष्टिकोण राख्ने लगानीकर्ताले यसै बजारबाट ठूलो अवसर पाउँछन्।

Esewa
Crest

नेपालकै सन्दर्भमा पनि दोस्रो बजारले धेरै लगानीकर्तालाई आर्थिक रुपमा मजबुत बनाएको छ। यद्यपि, अल्पकालीन सोच, हल्लामा आधारित लगानी वा केवल अरुको पछ्याएर शेयर किन्नेहरुले भने घाटा व्यहोर्नुपरेको छ।

त्यसैले दोस्रो बजारमा सफल हुनका लागि यी कुरामा ध्यान दिनुपर्छ

  • सही कम्पनीको छनोट,
  • दीर्घकालीन लगानी दृष्टिकोण,
  • जोखिम व्यवस्थापन,
  • बजारको नियमित अध्ययन अत्यन्तै जरुरी हुन्छ।

मार्जिन लोनको दायरा किन नबढाउने ? बैंक, लगानीकर्ता र राष्ट्र अर्थतन्त्रको सम्बन्ध

हाल नेपालमा बैंकहरुमा अत्यधिक तरलता छ। पैसा बैंकमा हिउँ थुप्रिएझै जमेको छ। तर बैंकहरुले थप शेयर लोन (मार्जिन लोन) दिन सकिरहेका छैनन्। यसको मुख्य कारण नेपाल राष्ट्र बैंकको नीतिगत सीमा हो। धेरै बैंकमा लोन दिने सिमा सकिएको छ। फलस्वरुप लगानीकर्ताले आफ्नो योग्यताअनुसार लोन लिन सकिरहेका छैनन्। जसले बजारमा तरलता र कारोबारमा प्रत्यक्ष असर पारिरहेको छ।

बैंकको रिस्क वेटेज एसिस्ट (आरडब्ल्यूए) कायम गर्न नसक्दा पनि यस समस्याको योगदान हुन सक्छ। तर, पनि सरकारले र राष्ट्र बैंकले शेयर लोनको सीमा बढाउन सहजता बनाइदिन आवश्यक भइसकेको छ। यसले मात्र बजारलाई चलायमान बनाउन सकिन्छ र दीर्घकालीन रुपमा देशको अर्थतन्त्रलाई पनि सघाउँछ।

लागत र लाभको सन्तुलन

  • अहिले कुनै लगानीकर्ताले १ करोड रुपैयाँ शेयर लोन लिए भने उनले करिब ९८% शेयर बजारमा लगानी गर्छन् र बाँकी २% व्यक्तिगत खर्चमा प्रयोग गर्न सक्छन्।
  • यसले सानो भए पनि अन्य क्षेत्रमा पैसाको प्रवाह बढाउँछ। जसले अर्थतन्त्रमा गतिशीलता ल्याउँछ।
  • शेयर बजारमा सहभागीको संख्या युवादेखि वृद्धसम्म लाखौँ रहेको र बजार सकारात्मक हुँदा यो संख्या अझ बढ्छ।

शेयर बजार र लोनको सम्बन्ध

  • अहिले शेयर बजारमा करिब एक–डेढ खर्ब रुपैयाँ मार्जिन लोन प्रवाह भइसकेको छ। तर, यो बजारको पूर्ण क्षमता होइन।
  • बजारमा ५ खर्बसम्म पुग्ने क्षमता छ। हरेक हप्ता नयाँ कम्पनी दोस्रो बजारमा प्रवेश गरिरहेका छन्। तर, मान्छेसँगको सीमित पैसाले डिमान्ड बढाउन सक्दैन। यसैले लोन आवश्यक छ।

बैंक र राष्ट्र बैंकको चुनौती

  • बैंकहरुको तरलता धेरै छ तर राष्ट्र बैंकलाई व्यवस्थापन गर्न गाह्रो भइरहेको छ।
  • लामो समय यस्तो तरलता बैंकमा रोकिएमा अर्थतन्त्रमा नकारात्मक असर पर्न सक्छ।
  • पैसा बैंकमा फ्रिज हुनु, सरकारको कर र स्रोतमा कमी ल्याउँछ। जसले देशको ऋण भारमा असर पुर्याउँछ।

लगानीकर्ताका दृष्टिकोण

  • अहिले ८% भन्दा कमले ब्याजदरमा लोन लिएर राम्रो कम्पनीको शेयर किन्न सकिन्छ।
  • त्यस्ता कम्पनीहरुले १०–१२% प्रतिफल दिने सम्भावना राख्छन्, केवल ३–४ महिनामा।
  • लगानीकर्ताले आधा प्रतिफलबाट ब्याज तिरेर बाँकी रकम व्यक्तिगत खर्च वा जोखिम व्यवस्थापनमा प्रयोग गर्न सक्छन्।
  • सस्तो बजारमा अहिले लोन लिनु लगानीकर्ताका लागि अनुकूल समय हो। कम्पनीहरुले धमाधम प्रतिफल घोषणा गर्दैछन्। त्यसैले लोनको पहुँच बढाउनु अत्यावश्यक छ।

अन्त्यमा

  • नेपालमा मार्जिन लोनको दायरा बढाउनु अब ढिलो गर्नु हुँदैन।
  • यसले शेयर बजारलाई चलायमान बनाउँछ।
  • लगानीकर्तालाई लाभ दिलाउँछ।
  • अर्थतन्त्रमा पैसा गतिशील हुन्छ।
  • उद्योग र अन्य क्षेत्रको विकासमा सहयोग पुग्छ।

सरकार र राष्ट्र बैंकले यो समस्या तुरुन्त सम्बोधन गर्नुपर्छ। लगानीकर्ताले योग्यताअनुसार लोन पाउने व्यवस्था नगरेको खण्डमा न केवल शेयर बजार सुस्त हुन्छ, देशको अर्थतन्त्र पनि प्रभावित हुन्छ।

(लेखक वली लामो समयदेखि शेयर बजारमा सक्रिय छन्।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS