काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियामा सीपयुक्त श्रमिक पठाउने ई–७ भिसासम्बन्धी कार्यविधि कार्यान्वयन नगर्न निर्देशन दिएको छ।
वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै मन्त्रालयको निर्देशनबारे जानकारी गराएको हो। ‘श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय दिएको निर्देशनअनुसार जीटुजी माध्यमबाट ई–७ भिसामार्फत कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, २०८० कार्यान्वयन नगर्न भनेको छ’, सूचनामा भनिएको छ।
मन्त्रालयको निर्देशनसँगै यो कार्यविधि तत्कालका लागि कार्यान्वयनमा नआउने भएको छ।

















