IME Life New
GBIME

सामाजिक सुरक्षावापत सञ्चय कोषले छ महिनामै बाँड्यो रू २७ करोड

SPIL
Global College
Nepal Life

काठमाडौं । कर्मचारी सञ्चय कोषले पछिल्लो ६ महिनाको अवधिमा सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत सञ्चयकर्ता र आश्रित परिवारलाई  झण्डै २७ करोड रूपैयाँ वितरण गरेको छ।

कोषका अनुसार चालू आर्थिक वर्ष २०८१।८२ को पुस मसान्तसम्ममा कुल २६ करोड ८७ लाख रूपैयाँ सामाजिक सुरक्षा सुविधा अन्तर्गत उपचार, किरिया, सुत्केरी स्याहारका लागि उपलब्ध गराइएको छ। यो रकम १२ हजार ५७३ जना सञ्चयकर्ता वा तिनको आश्रित परिवारजनलाई वितरण गरिएको हो।

Crest

साधारण रोगको उपचारका लागि ७ करोड ६४ लाख रूपैयाँ वितरण गरेको छ। सञ्चयकर्तामध्ये कुल २ हजार ५९ जनाले साधारण उपचार खर्चको सोधभर्ना प्राप्त गरेका हुन् । निर्जीवन बीमा कम्पनीको तुलनामा स्वास्थ्य उपचारवापतको खर्चको पर्याप्त सोधभर्ना पाइने भएकाले स्वास्थ्य उपचार खर्चवापतको दाबीका लागि सञ्चय कोष नै बचतकर्ता कर्मचारीको प्राथमिकतामा पर्ने गरेको छ।

कोषले अर्बुद रोग(क्यान्सर), मृगाैला, मस्तिष्क घात, मुटु रोग लगायत घातक रोगको उपचारका लागि ६ महिनाको अवधिमा ७ करोड ६४ लाख रूपैयाँ कोषले उपलब्ध गराएको छ। चिकित्सकले घातक रोग प्रमाणित गरेको आधारमा कोषले यस्तो रकम उपलब्ध गराउँदै आएको छ। कोषका अनुसार यो अवधिमा कुल ६५५ जना सञ्चयकर्ताले यस्तो उपचार खर्च पाएका छन् । घातक रोगको उपचारका लागि कोषले सेवा अवधि भरमा अधिकत्तम १० लाख रूपैयाँ उपलब्ध गराउँदै आएको छ।

सुत्केरी स्याहार खर्चवापत ९ हजार ४७० सुत्केरीले ७ करोड १० लाख रूपैयाँ भुक्तानी पाएका छन् । काज किरिया खर्चवापत कोषले २८१ जना परिवारलाई १ करोड १२ लाख रूपैयाँ वितरण गरेको छ। दुर्घटना क्षतिपूर्ती अन्तर्गत ८६ जनालाई १ करोड ७० लाख २५ हजार रूपैयाँ उपलब्ध गराएको छ।

सञ्चयकर्ता स्वास्थ्य उपचार योजना अन्तर्गत कोषले सञ्चयकर्ता वा निजको पति वा पत्नीको उपचार खर्चमध्ये साधारण रोगतर्फ प्रत्येक आर्थिक वर्षमा १ लाख रूपैयाँसम्म उपहार खर्च सोधभर्ना गर्छ। यसैगरी घातक रोगको उपचारको हकमा सेवाअवधि भरमा १० लाख रूपैयाँसम्म कोषले वितरण गरिरहेको छ।

कोषका अनुसार सुत्केरी तथा शिशु स्याहार योजना अन्तर्गत बढीमा दुई सन्तानका लागि प्रति प्रस्तूती ७ हजार ५०० सय रूपैयाँ, दुर्घटना क्षतिपूर्ति योजनामा सञ्चयकर्ता वा निजको हकवालालाई २ लाख रूपैयाँसम्म, र काजकिरिया अनुदान योजनामा हकवालालाई ४० हजार रूपैयाँ सहयोग उपलब्ध गराउँदै आएको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS