IME Life New

हालसम्म ५ वटा बीमा कम्पनीले घोषणा गरे लाभांश, कुनले कति दिँदैछन् बोनश र नगद ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को लागि हालसम्म ५ वटा बीमा कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । हालसम्म ३ वटा जीवन बीमा कम्पनी र २ वटा निर्जीवन बीमा कम्पनीले लाभांश घोषणा गरेका हुन् । जीवन बीमातर्फ आइएमई लाइफ, नेपाल लाइफ र सिटिजन लाइफले लाभांश घोषणा गरेका हुन् भने निर्जीवन बीमातर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स हुन् ।

यी कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका हुन् ।

Crest

निर्जीवन बीमा कम्पनी
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले २५ प्रतिशत नै नगद लाभांश वितरण गर्ने भएको हो । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति भने तय गरेको छैन् ।

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स
यस कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको कुल ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा कम्पनीले ५ प्रतिशत नै नगद लाभांश वितरण गर्ने भएको हो । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति भने तय गरेको छैन् ।

जीवन बीमातर्फ लाभांश घोषणा गर्ने कम्पनीहरु
आइएमई लाइफ इन्स्योरेन्स
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको कुल १० दशमलव ५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा कम्पनीले १० दशमलव ५२६३ प्रतिशत नै नगद लाभांश वितरण गर्ने भएको हो । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति भने तय गरेको छैन् ।

नेपाल लाइफ
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको कुल २१ दशमलव ०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा कम्पनीले ५ प्रतिशत बोनश शेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत गरी २१ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले आउँदो पुस ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

सिटिजन लाइफ
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा कम्पनीले २० प्रतिशत नै नगद लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस ८ गते बुक क्लोज गर्ने भएको छ । यसकारण पुस ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले साधामा भाग लिनुको ुाथै लाभांश पाउनेछन्।

लाभांश घोषणा गरेका बीमा कम्पनीहरुले यस आर्थिक वर्षमा बोनश शेयरलाई भन्दा पनि नगद लाभांशलाई जोड दिएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS