काठमाडौं । आर्थिक वर्ष २०८१/८२ का लागि हालसम्म १३ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । हाल लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरुमा प्राइम कमर्सियल बैंक, नबिल बैंक, एनएमबि बैंक, लक्ष्मी सनराइज बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, सिजिन्स बैंक, सानिमा बैंक, एभरेष्ट बैंक र माछापुच्छ्रे बैंक रहेका हुन् । यी बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।
सिद्धार्थ बैंक
बैंकले आर्थिक वर्ष २०८१।८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँको कुल १०।५३ प्रतिशतले हुन आउने १ अर्ब ४८ करोड ३६ लाख ७४ हजार ९१५ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमा ५ प्रतिशतले हुन आउने ७० करोड ४४ लाख ९९ हजार १० रुपैयाँबराबरको बोनस शेयर र ५।५३ प्रतिशतले हुन आउने ७७ करोड ९१ लाख ७५ हजार ९०५ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनसहित) छन् । साधारण सभा सम्पन्न गरिसकेको छ ।
ग्लोबल आइएमई बैंक
बैंकलेगत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित चुक्तापुँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्ताव पारित गरिसकेको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक
बैंकले आफ्ना शेयरधनीहरूलाई गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले साधारण सभा सम्पन्न गरिसकेको छ ।
सिटिजन्स बैंक
बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०।२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकले साधारणसभा सम्पन्न गरिसकेको छ ।
सानिमा बैंक
बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ७।३६८५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। जसमा बैंकले बोनस शेयर नदिई नगदमात्रै दिने निर्णय गरेको छ। सभा सम्पन्न गरिसकेको छ ।
एभरेष्ट बैंक
बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। जसमा बैंकले ६ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ भने १४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । साधारण सभा सम्पन्न गरिसकेको छ ।
माछापुच्छ्रे बैंक
बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। जसमा बैंकले ४ प्रतिशत बोनश शेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। कम्पनीले साधारणसभा समेत सम्पन्न गरिसकेको छ।
लक्ष्मी सनराइज बैंक
बैंकले गत आर्थिक वर्षको नाफाबाट कुल १० दशलमव ५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमा बैंकले १० प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ भने लाभांशमा लाग्ने कर प्रयोजनका लागि ० दशलमव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १ गते बुक क्लोगरिसकेको छ ।
कृषि विकास बैंक
बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमध्ये ३ दशमलव २५ प्रतिशत बोनश शेयर र लाभांशमा लाग्ने कर प्रयोजन सहित ९ दशलमव ७५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । बैंकले मंसिर २९ गते सभा सम्पन्न गरिसकेको छ ।
नेपाल एसबिआई बैंक
बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा बैंकले ४ प्रतिशत बोनश शेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत गरी ५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस ४ गते बुक क्लोज गरिसकेको छ । बैंकले पुस १८ गते, शुक्रबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बत्तीसौँ वार्षिक साधारण सभा बोलाएको छ।
एनएमबि बैंक
बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमध्ये बैंकले ५ प्रतिशत बोनश शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । लाभांश र साधारणसभा प्रयोजनार्थ बैंकले पुस ९ गते बुक क्लोज गरिसकेको छ ।
प्राइम कमर्सियल बैंक
बैंकले हाल कायम चुक्तापुँजीको कुल ८.४२१ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४२१ प्रतिशत नगद लाभांश छन्। लाभांश र साधारणसभा प्रयोजनार्थ बैंकले पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस २१ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।
नबिल बैंक
बैंकले गत आर्थिक वर्ष २०८१।८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको १२.५ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ। लाभांश र सभा प्रयोजनका लागि बैंकले पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १६ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।


















