IME Life New

आइपीओ ल्याउन लागेको हिम रिभर पावरको विद्युत जोडियो केन्द्रीय प्रसारण लाइनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइपीओ ल्याउन लागेको हिम रिभर पावर कम्पनीले उत्पादन गरेको विद्युत केन्द्रीय विद्युत प्रसारण लाइनमा लोडिएको छ।

यो कम्पनीले प्रवर्द्धन गरेको १६.२६ मेगावाट क्षमताको लिपिङ खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत मंसिर ६ गतेबाट केन्द्रीय प्रसारण लाइनमा जोडिएको हो। यो आयोजना सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ मा रहेको छ।

Esewa
Crest

हाल कम्पनीको आइपीओ स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले सर्वसाधारणका लागि आइपीओ ल्याउनेछ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २६ लाख ६० हजार कित्ता आइपीओ ल्याउनेछ। जुन जारी पुँजीको कुल २० प्रतिशत हुन आउँछ।

कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS