काठमाडौं । तीन लघु जीवन बीमकको विभिन्न क्षेत्रमा २ अर्ब २५ करोड रुपैयाँ बढी लगानी रहेको देखिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको वित्तीय विवरणले यस्तो देखिएको हो । तथ्यांकअनुसार क्रेस्ट माइक्रो लाइफ, गार्डियन माइक्रो लाइफ र लिबर्टी माइक्रो लाइफले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म २ अर्ब २५ करोड ३९ लाख रुपैयाँ लगानी गरेका हुन् ।
सबैभन्दा धेरै लगानी गर्नेमा गार्डियन माइक्रो लाइफ रहेको छ । यो कम्पनीले ८१ करोड ६८ लाख रुपैयाँ लगानी गरेको छ । दोस्रोमा क्रेष्ट माइक्रो लाइफ रहेको छ। यो कम्पनीले ७९ करोड ६६ लाख रुपैयाँ लगानी गरेको छ । लिबर्टी माइक्रो लाइफको लगानी पनि ६४ करोड ४ करोड ९६ लाख रुपैयाँ लगानी गरेको छ ।
लघु जीवन बीमकहरुले सर्वाधिक लगानी बैंकहरुको मुद्दति निक्षेपमा गरेको देखिन्छ । यी ३ लघु जीवन बीमकले क वर्गका बैंकहरुमा १ अर्ब ८७ करोड रुपैयाँ, ख वर्गका बैंकहरुमा १३ करोड ७० लाख रुपैयाँ मुद्दतिमा राखेका छन् । ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लिबर्टी माइक्रो लाइफले मात्रै १ करोड १० लााख रुपैयाँ लगानी गरेको छ ।
यसैगरी यी तीन कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा ११ करोड ८२ लाख रुपैयाँ लगानी गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा गार्डियन र क्रेष्ट माइक्रो लाइफ ३ करोड ७४ लाख रुपैयाँ लगानी गरेका छन् ।
सूचिकृत पब्लिक लिमिटेड कम्पनीको बन्ड, डिबेञ्चर र ऋणपत्रमा लिबर्टी माइक्रो लाइफले मात्रै २ करोड २२ लाख लगानी गरेको छ ।
यता नागरिक लगानी कोष तथा म्युचुअल फन्डमा तीन कम्पनीहरुले ५ करोड ८१ लाख रुपैयाँ लगानी गरेका छन् । जसमध्ये गार्डियन मायक्रो लाइफले २ करोड २५ लाख, क्रेष्ट माइक्रो लाइफले १ करोड ५६ लाख र लिबर्टी माइक्रो लाइफले २ करोड राखेका हुन् ।
692e88a55b630_1764657317
















