IME Life New

इटहरीमा सीप तथा रोजगार मेला सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले युवालाई व्यावहारिक सीप प्रदान गर्दै रोजगारका अवसरहरुसँग जोड्ने उद्देश्यका साथ सुनसरीको इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ आयोजना गरेको छ। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा घोषित ‘रोजगार प्रवद्र्धन दशक (२०८३–२०९२)’ लाई व्यवहारमा उतार्न यो मेला सञ्चालनमा ल्याइएको हो।

युवा, श्रम तथा रोजगार मन्त्रालयद्वारा आयोजित उक्त मेला आगामी असोज २० गतेसम्म चल्नेछ। मेलाको मुख्य उद्देश्य युवाको सीप पहिचान गरी उनीहरुलाई रोजगारदाता तथा तालिम प्रदायक संस्थाहरुसँग प्रत्यक्ष रुपमा जोड्नु रहेको छ।

Esewa
Crest

मेलाका क्रममा युवालाई उद्यमशीलताप्रति आकर्षित गर्ने लक्ष्यका साथ ‘आजको युवा, भोलिको उद्यमीः सार्क संवाद’ शीर्षकमा विशेष प्यानल छलफलसमेत सञ्चालन गरिनेछ।

यसैगरी मेला अवधिभर तालिमका सहभागी छनोट, प्रशिक्षार्थीको समूह विभाजन, रोजगार मिलानका लागि सीप परीक्षण तथा अभिलेखीकरण (सीप प्रोफाइलिङ), रोजगारदाता र तालिम प्रदायक संस्थाको परिचयात्मक कार्यक्रमका साथै एकीकृत सूचना तथा परामर्श सेवाहरु प्रवाह गरिनेछ। चालु आर्थिक वर्षमा कोशी प्रदेशको इटहरीबाट प्रारम्भ गरिएको यो मेलालाई सरकारले क्रमशः अन्य सबै प्रदेशमा विस्तार गर्दै लैजानेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS