काठमाडौं । श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सले गत आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको आज अपराह्न बसेको बैठकले हाल कायम चुक्तापुँजी १ अर्ब रुपैयाँको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले ६.४० प्रतिशतले हुन आउने ६ करोड ४० लाख रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी ३१ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने कम्पनीले जनाएको छ।

















